२०८१ चैत्र १६ , आइतवार

सवारी कर्जाको ब्याजदर, कुन बैंकले कति प्रतिशतमा दिन्छन् ऋण ?

auto-loan

सुनाखरी न्युज/ काठमाडौं ।

सवारीसाधन ( हायरपर्चेज)  कर्जाको ब्याजदर सस्तिन थालेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता (लगानी योग्य रकम) र नीतिगत व्यवस्थाले कर्जाको ब्याजदर घट्न थालेको हो । बैंकहरुले स्थिर र परिवर्तनीय ब्याजदर गरी २ शीर्षकमा सवारीसाधन कर्जा प्रवाह गर्ने गरेका छन्। स्थिर ब्याजदरको अवधि १ वर्ष, ५ वर्ष ७ वर्ष तोकिएको छ। परिवर्तनीय ब्याजदर बैंकको आधारदरको आधारमा हरेक ३ महिनामा फरक हुनसक्छ। यसअघि वाणिज्य बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तोके पनि अब आधारदरमा ५ प्रतिशत मात्रै लिन पाउनेछन्। बैंकहरुको आधारदर हरेक ३ महिनामा परिवर्तन हुन्छ। तपाई बैंकबाट कर्जा लिएर कार किन्ने योजनामा हुनुहुन्छ भने ५ प्रतिशत ब्याजदरमै कार किन्न सकिने भएको छ ।

जगदम्बा मोटर्सले बैंकसँगको सहकार्यमा कार खरिद गर्दा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो । सवारी कर्जाको व्याजदर इतिहासमा नै यो सबैभन्दा सस्तो भएको व्यवसायीहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंकहरूको कर्जाको ब्याजदर औसत ८.५५ प्रतिशत छ भने सवारी कर्जाको औसत ब्याजदर ९.०३ प्रतिशत छ । तर, जगदम्बा मोसर्टले ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन भएको छ । इभी सवारी बिक्रीमा व्यापक प्रतिस्पर्धा हुँदै गर्दा बिक्रेताहरुले नयाँ नयाँ व्यवसायिक योजना ल्याइरहेका छन् । जगदम्बा मोसर्टका वरिष्ठ उपाध्यक्ष राजु भेटवालका अनुसार विभिन्न बैंकसँग सहकार्य गरेर सो ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको उनले बताए । सवारी कर्जामा सबैभन्दा कम कृषि विकास बैंकको ब्याजदर रहेको छ । यस बैंकले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर १२. १ प्रतिशत यस्तो कर्जाको ब्याजदर तय गरेको छ । असार मसान्तसम्मको बैंकको आधारदरलाई आधार मान्दा बैंकको यस्तो ब्याजदर निकालिएको हो ।

सहकार्य गरेका छौं, बैंकसँगको सहकार्यमा ४.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने हो । यसमा कम्पनीले सहयोग गरेको हुन्छ । जस्तो बैंकको ब्याजदर ७ प्रतिशत छ भने त्यसमा २ प्रतिशत कम्पनीले योगदान गर्छ,’ उनले भने, ‘बैंकले आफ्नो ब्याजदर जति हो त्यति नै लिन्छ, बैंकको ब्याजदर यथावत नै कायम रहन्छ । तर, यसमा ग्राहकको रुपमा कम्पनीले सहयोग गरेको हुन्छ ।’

तर, कुन कुन बैंकसँग सहकार्य गरेको हो ती बैंकको नाम भने उनले खुलाएनन् । बैंकको नाम नभन्ने शर्त राखिएको उनले बताए । ‘हाम्रो आफ्नै इन्भेष्टमेन्ट कम्पनी जगदम्बा कम्पनी छ । बैंकमा तरलता बढी भएर के गरौं भइरहेको छ । यसले बैंकलाई केही असर गर्दैन । बैंकलाई घाटा नहुने गरी उहाँहरूले काम गर्नु भएको छ । ग्राहकबाट ४.९९ प्रतिशतमा लिने हो । बाँकी कम्पनीले योगदान गरेर भुक्तानी गर्ने हो,’ उनले भने । सवारी खरिदमा ४० प्रतिशत डाउन पेमेन्टमा बैंकहरूले ६० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराइरहेका छन् । अर्थात ग्राहकले डाउन पेमेन्ट ४० प्रतिशत गर्नुपर्ने हुन्छ भने ६० प्रतिशत बैंकले कर्जा प्रदान गर्नेछ । कम्पनीका अनुसार ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गराउनेछ ।