सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सीईओमा नारद लुइँटेललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जना मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको थियो ।
चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए । प्रतिस्पर्धीलाई पछि पार्दै लुइँटेलले नेप्सेको सीईओमा बाजी मारेका हुन् । तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकामा मन्त्रिपरिषद्ले लुइँटेललाई नियुक्त गरेको हो।