२०८१ चैत्र १६ , आइतवार

 बालेनको चेतावनी : एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु

balen

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।महानगरका कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको गुनासो आइरहेका बेला सोमबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले अबको एक हप्तामा कर्मचारीले तलब नपाएको खण्डमा सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !!’

काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको महिनौं बितिसकेको छ । तीन महिनादेखि महानगरका मेयरदेखि सरसफाइ कर्मचारीको तलब नै रोकिएको अवस्था छ । १० करोड रुपैयाँभन्दा माथिको आयोजना र सबै जनप्रतिनिधि तथा कर्मचारीको तलब गरेर करिब ७५ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । यस्तो परिस्थिति सिर्जना संघीय सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा भएको हो ।