२०८१ चैत्र १४ , शुक्रवार

नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा

gyannedra_dhungana_nabil-bank

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकको भावी गभर्नरको प्रमुख दाबेदारको रुपमा रहेका ज्ञानेन्द्र प्रसाद ढुङगानाले नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ( सीईओ)  पदबाट राजिनामा दिएका छन्।उनले गत आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन ।

गभर्नर नियुक्तिमा प्राविधिक अड्चन नआओस् भन्ने उद्देश्यले कार्यकाल सकिन डेढ वर्ष बाँकी रहँदै सीईओ पदबाट राजिनामा दिएको उनि निकट व्यक्तिहरु बताउछन।  ढुङ्गानाले राजीनामा दिएसँगै अब बैंकको सीईओ को बन्छ भन्ने चासोको विषय रहेको छ । अहिले वरिष्ठताका हिसाबले सुजित शाक्य अगाडि छन् ।

उनी हाल बैंकको सिनियर डेपुटी सीईओका रूपमा काम गरिरहेका छन् भने मनोज ज्ञवाली पनि सिनियर डेपुटी सीईओ भएर काम गरिरहेका छन् । बैंकमा भूपेन्द्र पाण्डे पनि डीसीईओ भएर काम गरिरहेका छन् ।