२०८१ चैत्र १६ , आइतवार

कुलमानलाई हटाएको विरोधमा बानेश्वरमा प्रदर्शन

1742894863-TbcUq-1

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै कुलमान घिसिङ समर्थक स्वतन्त्र युवाहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा गरिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले रोकेपछि तनाब सिर्जना भएको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन् ।

उक्त विरोध प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्की समेत सहभागि भएका छन् । उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।