२०८१ चैत्र १६ , आइतवार

कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले दियो यी १० आरोप लगाउँदै पदबाट हटाइएको पत्र

kulman–768x456_7FOOQcaLsd_zogv5nkhqzwt8nopsfcsjiiwppokn6fxzqxgmnqiwus9yzm8mpfeons64zyk_Zi2BpaOzWu_rkyja2egvrv9usda5is4vbsjluvwrsl0xbkjezlvxzxqell2fzpkpdkyzm8a

सुनाखरी न्युज/ काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सफाइ पेस गर्न पत्र पठाएको छ ।बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ३ दिने स्पष्टीकरण सोध्न ऊर्जा मन्त्रीलाई अख्तियारी दिएको थियो । ४ बुँदे स्पष्टीकरणको पत्र आज बेलुकी घिसिङले आफ्नै कार्यालयमा बुझेका छन् । उनले आइतबार जवाफ पठाउने तयारी गरेका छन् । सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने योजनासहित स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्को फागुन २१ को निर्णयबमोजिम सफाइ पेस गर्ने मौका दिइएकोमा उक्त सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै १० वटा आधार र कारण उल्लेख गरी पदबाट हटाइएको पत्रमा उल्लेख छ।

पत्रमा लेखिएको छ, तपाईँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका कार्यहरु नगरेको सन्दर्भ उल्लेख गरी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/११/२१ को निर्णयबमोजिम सफाइ पेस गर्ने मौका दिइएकोमा तपाईँले पेस गरेको सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको

जिम्मेवारी पूरा गर्न नसकेको हुँदा देहायमा उल्लिखित आधार र कारणबाट तपाईलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१२/११ को बैठकबाट निर्णय भएको व्यहोरा जानकारी गराउँदछु।