२०८१ चैत्र १७ , सोमवार

एसईईमा विज्ञान विषयको परीक्षा बिग्रियो भन्दै छात्राले गरिन आत्महत्या

486101232_122152003376452415_1255554385466202787_n-768×411

सुनाखरी न्युज/ काठमाडौं ।

बझाङमा माध्यमिक शिक्षा परीक्षा एसईई दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । हिजो ( मंगलबार )अनिर्वाय बिज्ञान बिषयको परिक्षा बिग्रीको भन्दै उनले यस्तो निर्णय लिएको खुलेको छ ।