२०८१ चैत्र १६ , आइतवार

संसद्‌मा विपक्षी दलको अवरोध

oppositie–768×472

सुनाखरी न्युज/ काठमाडौं ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरेका छन्।

आज प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले विरोध जनाउँदै उठेका थिए।

सभामुखले नेकपा ( माओवादी केन्द्र ) का उपमहासचिव र सांसद शक्ति बस्नेतलाई बोल्न समय दिनुभयो। बस्नेतले भने, “प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरुद्ध राख्ने विपक्षी दलको निर्णय छ।”