सुनाखरी न्युज/ काठमाडौं ।
सुनसरीको इटहरी उपमहानरपालिका–६, स्थित सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण गर्ने क्रममा सातजना घाइते भएका छन् । जसमध्ये पाँचजना सुरक्षाकर्मी छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, आगो अझै नियन्त्रणमा आएको छैन ।
“पाँच घण्टाअघि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । पाँचजना सुरक्षाकर्मी र अन्य गरी सातजना आगो नियन्त्रण गर्ने घाइते भएका छन,” उनले भने ।
सशस्त्र प्रहरीका एसएसपी मनिष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।यसअघि, आगलागीमा फसेका आठजना पुरुष र तीन महिलाको उद्धार गरिएको थियो।