सुनाखरी न्युज/ काठमाडौं ।
डिजिटल युगमा बाँचिरहँदा इन्टरनेटले हाम्रो जीवनको लगभग हरेक क्षेत्रमा प्रभाव पारेको छ । नयाँ सिकाइ, मनोरञ्जन र साझेदारीको अवसर सिर्जना गरेको छ । तर, बालबालिकाका लागि यो भर्चुअल संसार जोखिमले भरिएको छ । जहाँ साइबर बुलिङ, अनलाइन ठगी, अपराध, अनुपयुक्त सामग्रीको प्रभावमा बालबालिका परिरहेका छन् ।
त्यसैले अब हामी अभिभावक, शिक्षक तथा सम्बन्धित निकायका तर्फबाट बालबालिकाले सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्नसक्ने वातावरण बनाउन आवश्यक छ । तर यस कानुनसँग सम्बन्धित नयाँ नियमहरू सन् २०२५ सम्म लागू हुने छैनन् । किनकि यो नियम हाल बहसको विषय बनेको छ ।आलोचकहरू भन्छन्, ‘यो नियम बनाए पनि धेरै प्रभावकारी छैन ।’ बेलायतपछि विश्वभरका धेरै देशले समान नियम बनाई लागू गरेका छन् । सामाजिक सञ्जालमा अपरिचित व्यक्ति र एपसँग जोडिनका लागि बढावा दिन सबैभन्दा बढी योगदान कम उमेरका बालबालिका तथा किशोरकिशोरी रहेको तथ्यांकले देखाउँछ ।
सन् २०२३ मा विश्वभर १५ देखि २४ वर्षसम्म उमेरका ७९ प्रतिशत अनलाइन प्लेटफर्मका प्रयोगकर्ता छन् । यंग एण्ड रेजिलिएन्ट सेन्टरका सहनिर्देशक अमान्डा थर्ड भन्छिन्, ‘अनलाइन जगतमा हुर्किरहेका बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न मद्दत आवश्यक छ ।’ बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
त्यति मात्र होइन, कतिपय बालबालिका सामाजिक सञ्जालमा घृणायुक्त भाषण, हिंसात्मक सामग्री तथा उग्रवादी खालका सामाजिक सञ्जालका ग्रुपहरुमा जोडिनु पनि चिन्ताको विषय हो । यससँगै डिजिटल प्लेटफर्महरूमा षड्यन्त्रका गलत सूचना वा मनगढन्ते कथाहरू पनि व्यापक रूपमा फैलिन्छन् ।