२०८१ चैत्र १७ , सोमवार

ललितपुरको सामुदायिक वनमा भीषण आगलागी हुँदा बस्ती जोखिममा

Fire-2

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ ।बागमती गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार लामाका अनुसार आगो नियन्त्रणका लागि मंगलबार साँझ अबेरसम्म स्थानीयको सहयोगमा प्रयास भए पनि सफल हुन सकेन। आगलागीको जोखिम उच्च भएकाले उनले सूचना जारी गर्दै आगो निभाउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।

आगो बस्ती पस्ने जोखिम भएकोले यतिखेर धेरै कुरा गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष लामाले भने । प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् । स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले बताए ।

प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, ‘वनमा लागेको डढेलो बस्तीमा आउन नदिन सजगता अपनाइएको छ । वडाबाट सर्वसाधारणलाई सचेत रहन र आगो निभाउनका लागि आह्वान गरिएको छ । जनप्रतिनिधि लगायत स्थानीय आगो निभाउने कार्यमा खटिएका छन् ।’