२०८१ चैत्र १६ , आइतवार

कुलमानलाई हटाएको विरोधमा आज पनि प्रदर्शन

1742894863-TbcUq-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा चौतर्फी विरोध भएको छ । सत्तारुढ दल एवं प्रतिपक्षी दलका नेताहरुले समेत कुलमानलाई हटाउने निर्णयको विरोध गरिरहेका छन् । सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो ।

घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।