सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा सरकारको जवाफ माग्दै सदन अवरूद्व गरेपछि बैठक स्थगित भएको हो । बैठक सुरू हुनासाथ सरकारको जवाफ माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरूद्व गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । फेरि दोस्रो पटक बसेको बैठकमा पनि प्रतिपक्षीले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।