२०८१ चैत्र १६ , आइतवार

४० अंकले बढ्यो नेप्से, कुन कम्पनीको मूल्य बढ्यो, कसको घट्यो ?

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज ( नेप्से) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा कायम भएको हो । सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो ।

नेप्से उच्च अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ७.२७ प्रतिशतले घट्यो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा बन्द भएको थियो । आज १३ वटै उपसमूहको सेयर मूल्य वृद्धि भएको हो । उपकार लघुवित्तको ७.०९ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.०४ प्रतिशत मूल्य घट्यो ।

यस दिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।