२०८१ चैत्र १६ , आइतवार

४ दिनपछि आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

Gold High

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो ।

यसअघि गत बिहीबार मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७६ हजारमा सुनको कारोबार भएको थियो । त्यसयता अघिल्लो दिन मंगलबारसम्म मूल्य घटिरहेको थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९८० रुपैयाँमा चाँदी आज १ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।