सुनाखरी न्युज/ काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ मा साविक विजेता कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले कोलकातालाई १५२ रनको लक्ष्य दिएको थियो। राजस्थानले दिएको लक्ष्यलाई कोलकाताले १७.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कोलकाताको जितमा ओपनर क्विन्टन डी ककले अविजित ९७ रन बनाए । उनले ६१ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । अंगक्रिस रघुवंशीले २२ रन थप्दा कप्तान अजिन्क्या राहाणेले १८ रन जोडे ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गरेको थियो । राजस्थानका लागि बलिङमा वानिन्दु हसरंगाले १ विकेट लिए।
राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए एसएसबी जयस्वालले २९ र कप्तान रियान परागले २५ रन बनाए। जोफ्रा आर्चर ले १६ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
कोलकताका लागि बलिङमा वैभव अरोरा हर्षित राणा, मोई अलि र वरुण चक्रवर्ती समान २-२ विकेट लिए। स्पेनसर जोन्सनले १ विकेट लिए।
यो जितसँगै कोलकता दुई खेलमा १ जित र १ हारसहित २ अङ्क बटुल्दै अंक तालिकाको छैटौं स्थानमा रहेको छ। कोलकाताले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग ७ विकेटको हार बेहोरेको थियो।