२०८१ चैत्र १७ , सोमवार

आन्दोलनरत् शिक्षकहरूले एसईईको उत्तरपुस्तिका जाँच नगर्ने

teachers-andolan-s

सुनाखरी न्युज/ काठमाडौं ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग अघि सार्दै आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन्।
नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न भनेको छ ।नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न जनाएको छ।

चैत ७ गते सुरु भएको एसईई १९ गते सकिँदै छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार देशभर ४ लाख शिक्षक कर्मचारी छन्। तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने उनले बताए। महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ।

काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क उठाउने निर्णय गरेको छ। प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ। महासंघले २० गतेदेखि हने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने बताएको छ। यसअघि पनि पटक पटक आन्दोलन गर्दा सरकार र सरोकारवाला निकायहरुले बेवास्ता गरेको भन्दै महासंघले आन्दोलनलाई निरन्तरता दिंदै आएको छ।