२०८१ चैत्र १७ , सोमवार

समाजवादी मोर्चाले सात स्थानबाट जुलुस निकाल्ने

newskarkahna-news726140

सुनाखरी न्युज/ काठमाडौं ।

समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेबाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतीदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धारबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजनिक गरिएको छैन् ।