२०८१ चैत्र १७ , सोमवार

आजको प्रदर्शनले प्रभावित एसईई परीक्षार्थीका लागि बालेनले चलाए विशेष गाडी ! (सम्पर्क नम्बरसहित)

balen

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यामिक शिक्षा परीक्षा ( एसईई)  दिने परीक्षार्थीका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ। आज गणतन्त्रवादी र राजावादीका प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएपनि, विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सहयोग गर्ने जनाएको छ। परीक्षा दिएर फर्किने क्रममा सवारी साधनको अभाव भए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले व्यवस्था मिलाएको जनाएको छ ।

महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने व्यवस्थाको जिम्मेवारी नगर प्रहरी बललाई दिइएको छ ।
नगर प्रहरी बललाई विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने जिम्मा दिइएको छ। बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ।

सम्पर्क विवरण र स्थान :

न. प्र .उ दिनेश कुमार अर्याल – ९८५१०६८०९६ ( वानेश्वर )

न.प्र.उ मनोज प्रसाद लामिछाने – ९८५१०९३१७६ ( रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट – ९८५१२३३६३३ ( नयाँ बसपार्क )

न.प्र.नि प्रकाश पण्डित – ९८५१०५६३४६ ( टेकु)

हटलाइन :  ०१५९०१७६४