सुनाखरी न्युज/ काठमाडौं ।
तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ । समाजवादी मोर्चाको नेतृत्वमा गणतन्त्रवादीको प्रदर्शन भृकुटीमण्डपमा सुरु भएको छ। राजावादीहरूले तीनकुनेमा भेला भएका छन्। गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ ।
गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । प्रदर्शनका कारण ती क्षेत्रमा बाक्लो भीडभाड भएसँगै सवारी साधनलाई निषेध गरिएको छ। सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
समाजवादी मोर्चाको प्रदर्शनका कारण भृकुटीमण्डप आसपास क्षेत्रका सडकमा कुपन्डोल–थापाथली(त्रिपुरेश्वर, सुन्धारा, शहीद गेट क्षेत्रमा सवारी पूर्णरुपमा बन्द गरिएको छ। त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेका छन्।