२०८१ चैत्र १८ , मंगलबार

म्यानमारमा शक्तिशाली भूकम्प

earthquake-0582020010428-1000x0_Qu4hrF4sCM_3na7fagov3yvp94ddakkh6jfpwimvgtdocxg5nq8cp9y11mapf0nx5f1gxyv_It9a9L0x7h_h706rvrloqcusvfhzlhrru7bhxskm1uycmns70kzx84qm8bzhxsaot8xffbw

सुनाखरी न्युज/ काठमाडौं ।
म्यानमारमा शुक्रबार दिउँसो ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको बताएका छन् ।

स्थानीय समय अनुसार दिउँसो १ः३० बजे भूकम्प गएको हो । तत्काल कुनै क्षति वा हताहतको खबर आएको छैन । भूकम्प यति शक्तिशाली थियो कि केही अग्लो उचाइमा भूकम्पले हल्लाउँदा तालबाट पानी बाहिर निस्किएको थियो । यस भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु मध्य म्यानमारको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा थियो । गृहयुद्धको बिचमा रहेको म्यानमारमा भूकम्पको प्रभावको तत्काल कुनै रिपोर्ट आएको छैन । रासस / एपी