२०८१ चैत्र १८ , मंगलबार

तीनकुनेमा व्यक्तिका घर तोडफोड

29eed6a0-ea27-4b73-a06c-ac6dc399ff88 (1)

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरूले तीन व्यक्तिको घर तोडफोड गरेका छन् ।जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको हो । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।

राजसंस्था पुनर्स्थापनाको मागसहित भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको हो। समर्थकहरूले तीन व्यक्तिका घरमा तोडफोड गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ। प्रदर्शन बिथोलिएपछि नेताहरूले कार्यक्रमस्थल छाडेका छन् भने तीनकुने क्षेत्र अझै अशान्त देखिएको छ ।