२०८१ चैत्र १८ , मंगलबार

भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्ने माग

Bhatbhateni

सुनाखरी न्युज/ काठमाडौं ।

भाटभटेनीले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूहले कोटेश्वरस्थित आफ्नो स्टोरमा प्रवेश गरेर विभिन्न सामग्री लुटपाट गरेको जनाएको छ ।

सो समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको सीओओ पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै भाटभटेनीको भवनमाथि इँटा र ढुंगा प्रहार हुँदा क्षति पुगेको उनको भनाइ छ ।

एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्‍याउनेहरूलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेमा भाटभटेनीले विश्वास गरेको छ ।