२०८१ चैत्र १८ , मंगलबार

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

puskar-khatioda_xaDw52bHF6

सुनाखरी न्युज/ काठमाडौं ।

राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा धर्मगुरु पुष्कर खतिवडा ललितपुरको इमाडोलबाट पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले राजसंस्था पुनःस्थापनाको नाममा तीनकुने क्षेत्रमा हिंसा, हत्या र तोडफोड गरेका थिए।

प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई पक्राउ गरेको छ भने, राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरु पनि नियन्त्रणमा छन्।

दुर्गा प्रसाईं भने फरार छन्, र प्रहरीले उनको खोजी तीव्र पारेको छ।खतिवडा धार्मिक र साम्प्रदायिक भावना भड्काउने खालका अभिव्यक्ति र गतिविधिका कारण विवादित व्यक्ति हुन्।