गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गर्नुभएको छ । शुक्रबार प्रदर्शनको क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी भएपछि गृहमन्त्री लेखक अनुगमनमा निस्किएका हुन् ।
शुक्रवारको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पती तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिवार उक्त क्षेत्रको अनुगमनका लागि जानुभएको हो ।
राजावादीहरुको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी परिस्थितिको समीक्षा गर्नेछन् ।