२०८१ चैत्र १९ , बुधवार

खसीबोका बाेकेकाे गाडी नागार्जुनमा दुर्घटना, १ जनाको मृत्यु

accident

सुनाखरी न्युज / काठमाडौं ।

काठमाडौंको नागार्जुनमा खसीबोका बोकेका गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ । गएराति नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको भिमसेन गाउँपालिका– ४ घर भएका का ५० वर्षीय गोकुल पाण्डेको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिए ।

दुर्घटनामा गाडी चालक गोरखाकै भिमेश्वर – ४ कै ४१ वर्षीय जमालुदिन मिया र सोही ठाउँका ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।