सुनाखरी न्युज / काठमाडौं ।
इन्डियन प्रिमियर लिग ( आईपीएल ) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।यसअघि आइपिएल टी९ट्वेन्टी क्रिकेटमा गुजरात टाइटान्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो ।
उसका लागि साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । जवाफमा १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रन जोडे । आइपिएल क्रिकेटको जारी सिजनमा गुजरातले दोस्रो खेलमा पहिलो जित निकालेको छ ।
यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । दुई खेलमा जीतविहिन राजस्थान तालिकाको पुछारमा छ । चेन्नई दुई खेलमा दुई अङ्कसहित आठौं स्थानमा छ ।आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।