२०८१ चैत्र १९ , बुधवार

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु चुनाव हुँदै

fsu-election1677150290

सुनाखरी न्युज / काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को चुनाव भोलि हुने भएको छ । यसअघि चैत ५ मा हुनुपर्ने चुनाव विवादका कारण चैत ८ मा तोकिएको थियो । चैत ८ मा पनि हुन नसकेको केन्द्रीय क्याम्पसको स्ववियु चुनाव भोलिका लागि तय भएको हो ।

त्रिवि स्ववियु निर्वाचन समितिले एक सूचना निकालेर भोलि सोमवार मतदान हुने जानकारी दिएको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन गरेको छ ।

त्रिविमा ६२ वटा आंगिक क्याम्पस छन् । यसबाहेक निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठनरसमूह दर्ता हुनुपर्ने व्यवस्था छ । स्ववियु निर्वाचनमा भाग लिन उम्मेदवारको उमेरहद २८ वर्ष तोकिएको छ ।