सुनाखरी न्युज / काठमाडौं ।
राजधानी काठमाडौंमा पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि विरोध प्रदर्शन गरेको छ। इटहरीमा आज भएको विरोध कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।
उनीहरूले पत्रकारको सुरक्षाको माग गर्दै सरकारलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरे। नेपाल पत्रकार महासंघ सुनसरीका पदाधिकारीहरूले पत्रकारहरूलाई जोखिमयुक्त वातावरणमा काम गर्न बाध्य बनाइएको भन्दै निन्दा गरे। साथै, घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।
हिजो, चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजककोनिधन भएपछि पत्रकार महासंघले देशभर विरोध प्रदर्शनको आयोजना गरिरहेको छ।