२०८१ चैत्र २२ , शनिवार

पूर्वराष्ट्रपति भण्डारीद्वारा ईदको शुभकामना

Capture

सुनाखरी न्युज / काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिनुभएको छ । सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ । “रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ”, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
रासस