२०८१ चैत्र २६ , बुधवार

काठमाडौंमा शिक्षकको र्‍याली

Teacherrss

सुनाखरी न्युज/ काठमाडौं ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्‍याली निकालेका छन् ।
नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

 

 

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।

 

‘शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपिनु हुन्छ ।’

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।