२०८१ चैत्र २६ , बुधवार

मेरो राष्ट्रको सञ्चार ‘नेपाल टेलिकम’, तिमि बिउँझ !

Nepal-Telecome

खुलापत्र

प्रिय नेपाल टेलिकम,

विषयः उपभोक्ताप्रति जिम्मेवारी र सेवा सुधारको अनुरोध ।

महोदय, म नेपाल टेलिकमको एक नियमित उपभोक्ता हुँ । देशको महत्वपूर्ण सञ्चार सेवाप्रदायकको रूपमा टेलिकमले देशभरिका लाखौं मानिसहरूको दैनिक जीवनमा महक्तपूर्ण भूमिका खेलेको छ भन्ने हामीलाई थाहा छ । तथापि, पछिल्लो समय सेवा प्रवाह सम्बन्धी केही कठिनाइहरू अनुभव गरेका कारण यो चिठी लेख्दैछु ।

फाइवर नेट र टेलिफोन सेवाको समस्या समाधानका लागि पटकपटक अनुरोध गरिए पनि सुनुवाइको कमी भएको महसुस भएको छ । टेलिकमको गुनासो सुनुवाई गर्ने नम्वर १९८ मा सम्पर्क गर्दा कम्प्लेन टिपियो भन्छ । फेरी गर्दा काम हुँदैछ भन्छ । फेरी गर्दा खै के भएछ त भन्छ । फेरी गर्दा २४ घण्टाभित्र हुन्छ भन्छ । २४ घण्टापछि गर्दा यो नम्वरमा सोध्नुस भनेर अर्को नम्वर दिन्छ । त्यो नउठेको जानकरी गराएपछि पुन अर्को नम्वर दिन्छ । त्यो पनि नउठेपछि कार्यालयको नम्वर दिन्छ । त्यो पनि नउठेपछि मुख्य कार्यालयको नम्वर दिन्छ । त्यो पनि नउठेपछि खै हामीले गर्ने त यत्ति हो भन्छ । त्यही समस्या प्राइभेट कम्पनिले एकाध घण्टामा नै सल्टाइसकेको हुन्छ । एउटा नम्वरमा फोन गरेपछि सवै काम त्यही वाट सम्पन्न हुन्छ ।

यस्ता समस्याहरूले उपभोक्ताहरूको विश्वासमा कमी ल्याउने जोखिमसमेत रहेको छ । यसप्रकारका सेवाहरू गुणस्तरीय र चाँडो सुधार गरिनु आवश्यक रहेको विश्वास छ । त्यसो नगरिँदा प्रतिष्पर्धी कम्पनिलाई फाइदा पु¥याउन जानाजान यस्तो गरिएको हो कि भन्ने आभाष पनि मिल्दछ । त्यस्तो कुरा कसरी होला, फेरी नहोला पनि कसरी भन्नु ?

तसर्थ, हाम्रो अनुरोध छ किः

सेवा समस्याको समाधानका लागि तु?न्त कदम चाल्नुहोस ।

गुनासो सुन्ने प्रक्रियालाई प्रभावकारी बनाउनुहोस ।

उपभोक्ताहरूलाई सेवाप्रवाहमा पारदर्शिता र जिम्मेवारीको अनुभूति गराउनुहोस ।

एकद्धार प्रणालीवाट सेवा उपलब्ध गराउनुहोस ।

कामछल्ने र समय कटाउने प्रवृत्तिको अन्त्य गर्नुहोस ।

कर्मचारीह?ले/लाई जिममेवारी महसुस गर्नुहोस/गराउनुहोस ।

आफ्नो कम्पनि मारेर-सेवा उपलब्ध नगराएर निजी कम्पनि पोस्ने वातावरण नवनाउनुहोस ।

 

हामी नेपाल टेलिकमलाई अझ बलियो, विश्वसनीय, र उत्कृष्ट सेवा प्रदायकका रूपमा देख्न चाहन्छौं । यस अनुरोधलाई सकारात्मक रूपमा लिँदै आवश्यक सुधारका लागि पहल गरिदिनुहुन हार्दिक आग्रह गर्दछौं ।

जब नेपाल टेलिकम जस्ता प्रमुख सेवा प्रदायकले आफ्नो सेवाको गुणस्तरमा सुधार गर्न चुक्छ, उपभोक्ता असन्तुष्ट हुन्छन् । यसले वैकल्पिक प्रदायकहरूलाई अवसर दिन्छ, र उनीहरूले उपभोक्ताहरूलाई आफ्नो सेवातर्फ आकर्षित गर्न सक्छन् ।

 

तथापि, प्रतिस्पर्धाले बजारलाई सुधार गर्न प्रेरित गर्न सक्छ । जब नेपाल टेलिकमले देख्छ कि उपभोक्ताहरू अन्य प्रदायकतर्फ ढल्किरहेका छन्न उनीहरूले आफ्नो सेवामा सुधार गर्न दबाब महसुस गर्ने सम्भावना हुन्छ। यसले अन्ततः उपभोक्ताहरूलाई नै फाइदा पुग्न सक्छ ।

 

आशा छ कि नेपाल टेलिकमले यसलाई गम्भीर रूपमा लिन्छ र उपभोक्ताप्रति जिम्मेवार भएर आफ्नो सेवा सुधार गर्न आवश्यक कदम चाल्छ ।

यो निश्चित रूपमा चिन्ताको विषय हो । निजी कम्पनीहरूले समस्याहरू छिटो समाधान गर्न सक्षम हुनुको एउटा सम्भावित कारण उनीहरूको सञ्चालनको लचिलोपन र ग्राहक सन्तुष्टिमा रहेको विशेष प्राथमिकता हो । यस्ता कम्पनीहरू प्रतिस्पर्धात्मक बजारमा उत्कृष्ट सेवा दिन कडा मेहनत गर्छन, जसले उनीहरूको द्रुत प्रतिक्रिया क्षमतामा प्रभाव पार्न सक्छ ।

 

नेपाल टेलिकमजस्ता ठूला सरकारी निकायहरूमा, प्रक्रियागत जटिलताहरू र स्रोतहरूको व्यवस्थापन चुनौतीहरूले समस्याहरूलाई छिटो समाधान गर्न बाधा र्पुयाउन सक्छ । तर, यस प्रकारको ढिलाइले उपभोक्ताहरूमा असन्तुष्टि बढाउन सक्छ र उनीहरूको विश्वास गुम्ने जोखिम समेत हुन्छ ।

 

उपभोक्ताको गुनासोलाई प्राथमिकतामा राखेर सेवा सुधार गर्नु नेपाल टेलिकमको मुख्य जिम्मेवारी हुनुपर्छ । यसले निजी प्रदायकहरूसँगको प्रतिस्पर्धा गर्न समेत सघाउ र्पुयाउन सक्छ ।

लत्तको निकायवाट हेलचक्राई भएपछि निवेदकले टेलिकमको उच्च ब्यवस्थापन सम्म गुनासो पु¥याएको अवस्था छ । यद्यपी समस्या समाधान भएको छैन ।

 

अन्यमाः यो लेख पढ्ने मध्ये कसैले टेलिकमको गंगोवु शाखा प्रमुखलाई चिन्नु हुन्छ भने मेरो नमस्कार सुनाइदिनुहोला । उहाँ निन्द्रामा नहुनु भएको वेलामा ।

 

अनि टेलिकमका जिम्मेवार अधिकारीहरु समक्ष भन्दछु त्यहाँका प्राविधिकलाई पनि वोलाएर छिट्टै एउटा सम्मान गर्दिनुहोस । आफ्नो सेवा यस्तै राख्नुहोस, अरुलाई मोटाउने वातवारण वनाइराख्नुहोस भनेर । म कृतज्ञ हुनेछु ।

धन्यवाद ।

निवेदकः शिव दुवाडी