२०८१ चैत्र २६ , बुधवार

बिम्स्टेक शिखर सम्मेलन थाइल्याण्डको बैङ्ककमा सुरु

bimstec-1024×682

सुनाखरी न्युज/ बैङकक ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सुरु भएको छ ।

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् ।

सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।