सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा विरोध र्याली निकालेको छ । चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राखी राप्रपा काठमाडौंले प्रदर्शन गरेको हो । राप्रपाले प्रहरी हिरासतमा रहेका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाको रिहाइको मागसमेत गरेको छ।
प्रदर्शनका क्रममा तीनकुनेलगायतका क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न मागसमेत गरिएको छ। तीनकुने घटनामा एकपक्षीय ढंगले व्याख्या गर्ने काम भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न राप्रपाको माग छ।
त्यस्तै राप्रपाले राज्य आतंक बन्द गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्ने जनाएको छ ।साथै सो प्रदर्शनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न माग रोखको छ ।