२०८१ चैत्र २६ , बुधवार

‘जन्ते बाख्रो’को गीत ‘घामै राजा’ सार्वजनिक

Ghamai-Raja-1536×1024

सुनाखरी न्युज/ काठमाडौं ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत र स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई सप्राइजको रूपमा प्रस्तुत गरिएको छ। गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ।

‘जन्ते बाख्रो’ जेठ ९ गतेबाट प्रदर्शन आउँदै छ । चलचित्रमा सौगात, गरिमा र आशिफसँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन्