सुनाखरी न्युज/ काठमाडौं ।
यही नयाँ बर्षको पुर्वसन्ध्याबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र पिताम्बरको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलर एक्सनले भरिएको छ ।
अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन्। बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन्। ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ। ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो।
ट्रेलर रिलिजपछि फिल्मकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्मपण गरेको बताइन्। ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं। टिजर, गीत, पोस्टर जस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौं’, उनले भनिन्।केपी फिल्मसले पुरूषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’ लाई पुरूषोत्तम प्रधानले खिचेका छन्। निर्मातामा विशाल चौलागाई छन्।