२०८१ चैत्र ३० , आइतवार

रास्वपाको जनयात्रा शुभारम्भ सभा 

raswopa-office

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ ।

सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय गरेको हो ।

 

 

रास्वपाले आज दिउँसो २ बजे चितवनको भरतपुरमा ‘जनयात्रा’ शुभारम्भ सभालाई आयोजना गरेको छ । यो कार्यक्रमलाई भव्य र सम्भय तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

पक्राउ पर्नुअघि सभापति रवि लामिछानेले पनि सभालाई निरन्तरता दिने भनेका थिए । लामिछानेले पार्टीको कारकारबाही बढाउनका लागि कार्यवहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएका छन् ।