सुनाखरी न्युज/ काठमाडौँ ।
मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्नेगरी नियमित बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । ‘एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना छ’, ती मन्त्रीको भनाइ छ ।
महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।