२०८२ बैशाख १२ , शुक्रवार

आजको मैसमः तीन दिन सम्म वर्षाको सम्भावना, प्रदूषण घट्ने अनुमान

weather

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ ।

 

मौसमविद हरिप्रसाद दाहालले मंगलबार (आज) अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार आजको तुलनामा भोलि बुधबार अलि बढी पानी पर्ने सम्भावना छ । ‘पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘मंगलबार छिटफुट खालको र बुधबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।’

उनका अनुसार वर्षाको सम्भावना विहीबारसम्मै छ । यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ ।

 

 

लामो समयदेखि वर्षा नभएका कारण देशका धेरै स्थानहरूमा सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढेको छ ।