२०८२ बैशाख १५ , सोमवार

काठमाडौँका चार ठाउँमा प्रदर्शन हुँदा अस्तव्यस्त बन्यो ट्राफिक व्यवस्थापन

Capture

सुनाखरी न्युज/ काठमाण्डौं ।

विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरिरहेको छ ।उता, शान्तिबाटिका–बालुवाटार सडकखण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले भने जावलाखेलबाट जुलुश निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ ।