सुनाखरी न्युज/ काठमाण्डौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् घटाउन सकिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल मनकामना गणले बन्दीपुर गाउँपालिका–४ नयाँपुलमा आज आयोजना गरेको विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा सरकारको एक्लो प्रयासबाट विपद् घटाउन नसकिने भएकाले त्यसमा सामूहिक प्रयास आवश्यक छ भन्नुभयो । मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति घटाउनेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । विपद्का बेला पहिलो उद्धारकर्ता स्थानीय हुने भएकाले उनीहरुलाई उद्धारसम्बन्धी तालिम दिन आवश्यक भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विपद्का घटनामा सबैले चनाखो हुनुपर्नेमा जोड दिँदै क्षति कम गर्न हरसम्भव प्रयास गर्नुपर्छ भन्नुभयो ।
रासस