सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकलन छ ।
मौसमविद गोविन्द झाले लगातार भने पानी नपर्ने बताए । ‘केहीबेर रोकिने अनि फेरि पर्ने हुन्छ,’ उनले भने ।
अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ