२०८२ बैशाख १६ , मंगलबार

कुवेतविरुद्ध नेपालको कीर्तिमानी जित

kushal

 

सुनाखरी न्युज/ काठमाडौ।

हङकङमा जारी चारदेशीय टी–२०आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ । कुवेतले जितका लागि दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा ९१ रन जोडेको हो ।

क्रिजमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख जमेका छन् । कुशलले अर्धशतक पूरा गरिसकेका छन् । ३४ बलमा उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । त्यस्तै, आशिफ पनि ३५ रन बनाएर खेलिरहेका छन् ।नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

यो साझेदारी पनि नेपालको टी -२०आईमा सबैभन्दा उच्च ओपनिङ साझेदारी हो । यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो ।  यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।