२०८२ बैशाख १६ , मंगलबार

काठमाडौंबाट रामेछाप गइरहेको बस रोशीमा दुर्घटना, ११ जना घाइते

bus accident

सुनाखरी न्युज/ काठमाडौ।

बिपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रदेश ३ – ०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको हो।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको हो। उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीमध्ये ४ जनालाई ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको गिरीले बताए ।

यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे–१ ख ३३९४ नम्बर को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो । प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए । बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन् ।