२०८२ बैशाख ५ , शुक्रवार

चन्द्रपुर सुनचाँदी ब्यबसायी संघको आयोजनामा स्वागत एबम बधाई समारोह

WhatsApp Image 2025-04-09 at 22.09.58_fce2aba6

सुनाखरी न्युज/ काठमाडौं ।
चन्द्रपुर सुनचाँदी ब्यबसायी संघको आयोजनामा चन्द्रपुर फेन्सी , कपडा तथा जुत्ता ब्यबसायी संघलाई स्वागत एबम बधाई तथा बस्तुगत संगठन बिचको सम्बन्ध विषयमा छलफल सम्पन्न भएको छ । त्यस अवसरमा विभिन्न संघ सङ्ग शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।

संघका संरक्षक तथा केन्द्रिय पदाधिकारी सदस्य प्रकाश गहतराजले कार्यक्रम सञ्चालन गर्नु भयो । संघका अध्यक्ष प्रल्हाद रामुदामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रौतहट बचत संघका अध्यक्ष बिभु कुमार पोख्रेल, बिशिस्ट अतिथि बचत संघका सचिव तथा चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्य, नब बिकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सुनचाँदी ब्यबसायी संघकोआफ्नै कार्यालयमा सम्पन्न भएको हो ।