२०८२ बैशाख १६ , मंगलबार

डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस)

Capture

सुनाखरी न्युज/ काठमाडौ।

डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालित बनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाँसुकैबाट शेयर कारोबार गर्न सक्छन् । यस प्लेटफर्ममा एकैपटक धेरै अर्डर सजिलै राख्ने सुविधा दिने अर्डर बास्केट, रियल–टाइम डेटासहित सुसूचित निर्णय लिन मदत गर्ने एडभान्स चार्टिङ र एकै समयमा आफूलाई आवश्यक जानकारी एउटै स्क्रिनमा खोलेर तत्काल कारोबारको निर्णय लिन सहयोग गर्ने मल्टी–विन्डो सपोर्ट जस्ता विशेषता छन् । त्यसैगरी, सुरक्षित र नियन्त्रित कारोबार सुनिश्चित गर्ने एडभान्स रिस्क मोड्युल, एक क्लिकमा अर्डर राख्ने, अन्तिम कारोबार मूल्यको आधारमा पोर्टफोलियो ट्र्याक गरी रियल–टाइम नाफा/नोक्सान हेर्न सकिने र धेरै अकाउन्ट सजिलै व्यवस्थापन गर्न सकिने चाइल्ड अकाउन्ट म्यानेजमेन्ट सुविधा पनि यसमा रहेको कम्पनीले जनाएको छ ।

‘स्वचालित प्रक्रियासँग सहज व्यापार सञ्चालन गर्ने इन्टिग्रेटेड ब्याक अफिस र एकीकृत केवाईसी तथा डिम्याट खातालाई सेन्ट्रलाइज्ड केवाईसी प्रणालीमा इन्टिग्रेटेड गर्ने जस्ता विशेषता पनि यसमा छन्,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय ट्रेडिङ म्यानेजमेन्ट सिस्टममार्फत डिजिहबले सेयर कारोबार प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउँदै नेपालको वित्तीय क्षेत्रलाई डिजिटल युगमा अघि बढाउने कार्यमा उल्लेख्य योगदान गर्ने लक्ष्य लिएको छ । यसले ट्रेडिङ अनुभवलाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै सञ्चालनका क्रममा ब्रोकरहरूले सामना गर्नुपरेका झन्झटहरूलाई पनि कम गर्ने अपेक्षा लिइएको छ । अहिले पाँच ब्रोकरसँग लाइभ भइसकेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम चाँडै नै अन्य ब्रोकरकहाँ पनि उपलब्ध हुनेछ । डिजिहबले नेपालको वित्तीय बजारमा नवीनतम प्रविधि भित्र्याउँदै सेयर कारोबारीलाई उत्कृष्ट उपकरण र सेवा प्रदान गर्ने प्रतिबद्धता ज्यक्त गरेको छ ।
छोटकरीमा डिजिहब
डिजिहब एक अग्रणी फिनटेक कम्पनी हो, जसले प्रविधिमा आधारित समाधानहरूद्वारा वित्तीय सेवामा नवीनता ल्याउँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डहरूलाई स्थानीय आवश्यकतासँग मिलाएर, डिजिहबले नेपालमा डिजिटल वित्तीय क्रान्ति ल्याउने कार्यमा निरन्तर योगदान गरिरहेको छ ।
थप जानकारीका लागि:
. यहाँ क्लिक गर्नुहोस् : https://dghub.io
. वा support@dghub.io र ०१–४५४७७४५ मा सम्पर्क गर्नुहोस् ।