२०८२ बैशाख ५ , शुक्रवार

स्वास्थ्य पत्रकारितासम्बन्धी दुई दिने अभिमुखिकरण

Capture

सुनाखरी न्युज/ काठमाडौ।

अत्तरिया(कैलाली), २९ चैतः नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा स्वास्थ्य पत्रकारितासम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम आजदेखि धनगढीमा सुरु भएको छ । कार्यक्रमको आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै सञ्चारमाध्यमले समाचार सत्यतथ्यमा आधारित भएर दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारले कलम चलाउँदा, सार्वजनिक व्यक्तिले बोल्दा त्यसले समाजमा पार्ने असरलाई ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्र झन संवेदनशील भएकाले यसमा कलम चलाउँदा अझ सजग हुनुपर्छ ।” उहाँले पत्रकार राज्यको चौथो अङ्ग भएकाले राज्यका कमीकमजोरी आँैल्याउने, सजग गराउने, सही सूचना दिने र सही मार्गमा लैजाने दायित्व पत्रकारको भएकोे बताउनुभयो । मन्त्री खड्काले भन्नुभयो, “विभिन्न क्षेत्रमा भएका समस्याको उजागर गर्ने, आवाजविहीनको आवजलाई अगाडि ल्याउने दायित्व पत्रकारिता क्षेत्रको हो । समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दछ ।” प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको सहयोगमा सञ्चालित अभिमुखिकरण कार्यक्रम शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

रासस