२०८२ बैशाख ५ , शुक्रवार

नेपाल सिमेन्ट उत्पादक संघ, नेपाल स्टिल उद्योग संघ र नेपाल धागो उत्पादक संघद्घारा जारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका नव नियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यज्यूले डेडिकेटेड र ट्रंक लाईनका ग्राहकहरुको विवाविद विद्युत महसुलसंग सम्बन्धित उद्योग प्रतिष्ठानका उद्योगीहरुलाई आज मितिः २०८१ चैत्र २९ गते नेपाल विद्युत प्राधिकरणमा बोलाई सौहार्दपूर्ण वातावरणमा छलफल प्रारम्भ गर्नु भएको र उक्त छलफलमा प्राधिकरणका प्रबन्ध निर्देशक सहितको उच्च तहका अधिकारीहरु र उद्योगी व्यवसायीहरुका बीचमा डेडिकेटेड र टंरक लाईन अन्तरगतको २०७२ साल देखिको विवादित महसुलको विषय समाधान गर्न उद्योगीहरुलाई नेपाल सरकारको निर्णय निर्देशन कार्यान्वयन गर्न विद्यूत महसुल संकलन विनियमावली बमोजिम ५ प्रतिशत धरौटी राखी पुनरावलोकन समिति समक्ष निवेदन गर्न अनुरोध गर्नु भएकोमा उपस्थित उद्योगी व्यवसायीहरुले उक्त विवादको समाधान नेपाल सरकारद्धारा गठित सर्वाेच्व अदालतलका पूर्व न्यायाधीस  गिरिषचन्द्र लाल संयोकत्वको आयोगले जाँचबुझ गरी पेश गरेको प्रतिवेदन कार्यान्वयन गरी विवादको न्यायोचित समाधान गरिदिन अनुरोध गर्नु भएको थियो । धेरै लामो समय पछि नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्व सहितको टिमले उद्योगी व्यवसायीहरुलाई छलफलमा बोलाई विवादित महसुलको विषय समाधान गर्ने प्रयास गरेकोमा उक्त विवादित विषय शिघ्र समाधान भई उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरणका बीचमा सुमधुर व्यवसायीक सम्बन्ध कायम गर्दै अगाडी बढि देशका लागि आ आफ्नो क्षेत्रबाट थप योगदान गर्न सफल हुनेछन भन्ने विश्वास लिएका छौं ।