२०८२ बैशाख १४ , आइतवार

११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीद्धारा दाइ पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले दाइलाई पक्राउ गरेको छ।मृतकका वर्ष १५ वर्षीय दाइलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ । मंगलबजार बस्ने भगबती बोहराले आफ्नी छोराी दुर्गा बोहरा चैत ४ गतेरातिदेखि हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा खोजतलास गर्दा चैत २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । त्यसपछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा अनुसन्धान गर्दा दाइकै संलग्नता खुलेसँगै उनलाई पक्राउ गरिएको र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनलाई मंगलबजार एरियाबाट नियन्त्रणमा लिइएको उनको भनाइ छ।