सुनाखरी न्युज/ काठमाडौं ।
प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति निधन भएको हो । विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उहाँले अग्रपङ्क्तिमा रहेर काम गर्नुभएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
रासस